सुरेश अवस्थी / बैतडीः बिदेश बाट स्वदेश आउदा कस्लाई राम्रो नलाग्ला र मनै हर्षित हुन्छ । बच्चाले चङ्गा उडाउन पए जस्तै मन फुरुङ्ग हुन्छ । तर मेरो देशको अस्तव्यस्तताले भने त्यो फरुङ्ग मनलाई गिज्याइ दिन्छ । एयरपोर्ट देखि गाउँ पुग्दा सम्म त लेबरि गरेर भएपनि बिदेशमै बस्न मन लाग्छ ।
एरपोर्टमा झर्दा उहि दुःख सयौंको भिड छ खै मेरो लगेज.... कस्तो सिस्टम क्या....यो भन्दा त उतै बस्नु राम्रो लगायत यस्ता यस्तै कुराहरु सुनिन थाल्छन् । एक दुई घण्टाको अथक प्रयास पछि बल्ल लगेज फेला पर्छन ।
बाहिर आउदा ट्याक्सी दाई यता सुफत मुल्यमा.... दाई याता आउनु म मिलाई दिन्छु ......सार्वजनिक यातायातको त हामिले कल्पना पनि गर्न सक्दैनाँै ।
लेबरि गरेर बसेको भएपनि बिदेसको हरेक ठाउँमा पालना हुने त्यो सिस्टम र नेताहरुको खिचातानिमा परेको मेरो देशको अस्तव्यस्तता देख्दा मन दुख्छ ।
गाउँ आउन बसपार्क पुग्ने हो भने सिनोमा गिद्ध भरिए जस्तै भरिन्छन् बस व्यवसायीहरु । त्यहि लुछातानि जसरि मेरो देसको नेताहरुले कुर्सीको लागी गरिरहेका छन् । लाग्छ आमानै नभएको घरमा पुगेछु ।
बिदेसमा कति सिस्टमले चल्छन सार्वजनिक यातायात समयको उतिनै पालना गर्छन र त सवै जना सार्वजनिक यातायात चढ्छन् । तर मेरो देशमा त नेताहरुले चिल्ला कार चढ्न पाएकै छन् । माननिय ज्युको सफारी भनि सडक जाम गरेर हुईकेकै छन् । हुदाहुदा माननिय ज्युको सफारीमा ट्राफिक नियमको पालना नगरेको भनि डक्टरको टाउको सम्म फुटाएकै छन् । दुःख लाग्छ ।
काठमाडौं बाट मेरो गाउँ पुग्न २ दिनको यात्रा गर्नुपर्छ । बस चडेपछि नौबिसेबाटै ठगिन थाल्छौं । नास्ता खान बस्यो कहिलेको हो कस्तो हो थाहा हुदैन तर पैँसा भने फाइभ स्टार होटेलको भन्दा कम तिर्नुपर्दैन । नास्ता खाएको केहिछिन पछि पाखला लाग्न सुरु भईहाल्छ ।
बाटोमा बासि खाना, गुणस्तरहिन खाना खादै जाम,बाटोका खल्डा खुल्डी, धुलो उस्तै गाउँ पुग्दा उल्टै बिरामि भएर फेरि उपचार गर्न काठमाडौं जाने अवस्थामा पुगिन्छ ।
बर्सौ पहिले देखेको सडगको हालत उस्तै छ । बर्सौ पहिले खानेपानि पुर्याउछौँ भोट दिनुस भनेर आएका नेता अहिले पनि पानि नै पुर्याउछु भनि भोट मागीरहेका छन् । बर्सौ पहिले एक चोटि प्रधानमन्त्रि भए देशलाई सिंगापुर बनाउछु भन्ने हरु अहिले पनि त्यस्तै भनिरहेका छन् । तर नेताहरुका दाश भएर बसेका नेपालि हामि अझै मेरो देश बन्ने आशामा बसिरहेका छौं । तर मेरो देश भने पशुपतिकै कृपाले चलिरहेको छ ।