Sagun Khabar
चर्चा बटुल्दै बैतडीका गायक पेलाको‘के लत बस्यो’ 

बैतडी- बैतडीका गायक तिलकसिंह पेलाको नयाँ गजलले यतिबेला चर्चा पाईरहेको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडान नं  ६ कुरला भन्ने गाउँमा जन्मेका गायक  पेलाको नयाँ गजल ‘के लत बस्यो मलाई’ले यतिबेला चर्चा पाईरहेको हो । 

यो गजल ५ दिन अघि उनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको  थियो ।  पेलाले स्वर दिएको  यो गजल  यतिबेला नेपाली संगीतप्रेमीमाझ चर्चामा छ ।  प्रदीप मैनालीले लेखेको उक्त गजलमा पेलाले मिठो स्वर र संगीत भरेका छन्। 

Atrya hospital

 गजललाई रिदम कँडेलले संयोजन गरेका हुन्। सारंगीमा धर्म गन्धर्व, तबलामा जगन्नाथ धौगोडा, बाँसुरीमा नगेन्द्रविक्रम राई र पियानोमा रिदम कँडेल रहेका छन्। गीतलाई सबैले मनपराइ रहेका छन् भने अर्गानिक र आत्मपरक भन्दै संगीतकर्मीहरुले समेत मुक्तकण्ठले प्रशंसा गरिरहेकाछन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले भाइरल गीतको होडमा यो गीतले मौलिकता र सिर्जना अझै कायम छ भन्ने सन्देश दिन खोजेको बताइरहेका छन् ।विसं २०५३ सालमा आफ्नै गायन तथा सङ्गीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा सङ्गीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याएका थिए ।

आँशु एल्बमले त्यति बेला निकै चर्चा पाएको थियो । अहिले फेरि वर्षाेपछि  ‘के लत बस्यो बोलको  गजलले पेललाई चर्चामा ल्याएको  छ  । पेलाले यस अघि गाएका ‘लुकाउन खोज्दा पनि आँसु नझरेको हैन’, ‘कहानी बनेन केही यस्तै छ मेरो जिन्दगी’ लगायत गीतहरु पनि चर्चित छन् ।

https://www.youtube.com/watch?v=OEDTv4zs1Q4

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update