बैतडीको शिवनाथ गाउँपालिकाका ६ ओटै वडालाई पूर्ण खोप सुनिश्चितता वडा दिगोपना तथा घोषणा गरिएको छ । गाउँपालिकाका सबै वडामा २ बर्ष मुनिका बालबालिकाहरुले लगाउनुपर्ने खोप लगाएपछि शनिबार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए ।
२ बर्ष मुनिका बालबालिकाहरुले लगाउनुपर्ने बिसीजी,डिपीटी हेबबिहिब, पीसीभी, रोटा,दादुरा रुबेला, एफआइटीबी, जेइ र ओपडी खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको उनले बताए ।
गाउँपालिकाका सबै वडा पूर्ण खोप सुनिश्चितता वडा भईसकेकाले अब गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा हुने बताइएको छ । जिल्ला खोप समन्वय समितिले पालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र दिने स्वास्थ्य शाखा प्रमुख महताले बताए ।