जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि रोजगारीको सिलसिलामा मलेसियामा रहेका नेपालीहरुले १ लाख ३१ हजार बढी सहयोग गरेका छन् ।
मेलेसियाको केडा राज्यमा रहेको पानासोनिक सोलार कम्पनीमा कार्यरत नेपालीहरुको तर्फबाट १ लाख ३१ हजार १ सय ८८ रुपयाँ सहयोग संकलन गरिएको हो । संकलित रकम धुर्मुुुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिएको सहयोग संकलन अभियानका संयोजक केशवसिंह धामीले जानकारी दिए । सो अभियानमा ४२ जनाले सहयोग गरेको उनले बताए ।
जनस्तरबाट निर्माण भईरहेको रङ्गशालामा विभिन्न क्षेत्रबाट सहयोग भईरहेको सन्दर्भमा आफूहरुले पनि सहयोग गरेको धामीले बताए । उनले भने ‘थोेपा थोपा मिली समुद्र बने जस्तै केही सहयोेग होस भन्ने हेतुले हामीले सहयोग गरेका हौ । रङ्गशाला नेपालीहरुको गौरवको योजना भएकोले यसमा सबैलाई सहयोगका लागि अपिल गर्दछौं ।’