मोटरसाइकल शोरूममा आगलागी हुँदा करिब ८ जनाको मृत्यु, कैयौं घाइते
                        
                        
                                                
                                            
                                                भारतको तेलंगना राज्यस्थित सिकन्दरावादको एउटा मोटरसाइकल शोरूममा सोमबार राति आगलागी हुँदा करिब ८ जना मानिसको मृत्यु भएको छ ।
आगलागीमा परी कैयौं घाइते भएका हुन् । इलेक्ट्रिक मोटरसाइकल बिक्री गर्ने उक्त शोरूममा बाइक चार्ज गर्ने क्रममा आगो लागेको हो । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको र कतिपयको अवस्था गम्भीर रहेकाले मृतक संख्या बढ्न सक्ने जनाइएको छ ।
आगलागीबाट दर्जनौं विद्युतीय मोटरसाइकल जलेर नष्ट भएका छन् । साेही शोरूमबाट ९ जनालाई उद्धार गरिएको जनाइएकाे छ । भुइँ तलाको मोटरसाइकल शोरूममा आगो लागेपछि माथिल्लो तलामा रहेका मानिसहरू झ्यालबाट हाम्फालेका थिए ।
घटनामा भएको क्षतिको विस्तृत विवरण भने मंगलबार संकलन भईरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
#ईमेजखबर
प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १५:४९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    