Sagun Khabar
बाजुराको साँफे–मार्तडी राजमार्ग दुई महिनादेखि अवरुद्ध, सञ्चालन नहुँदा  आवागमनमा समस्या

बाजुरा- पहिरोका कारण दुई महिनादेखि अवरुद्ध बन्दै गएको बाजुराको साँफे–मार्तडी राजमार्ग अझै सञ्चालनमा आएको छैन। असारको पहिलो साताबाट मनसुन सुरु भएसँगै अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने अम्कोट सडक सञ्चालनमा नआएपछि आवागमनमा समस्या भएको छ।

दुई महिनादेखि सो सडक सञ्चालनमा नआउँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सास्ती खेप्दै आएको सदरमुकाम मार्तडी गैरी बजारका होटल व्यवसायी प्रेम बुढाले बताए।

Atrya hospital

यता, जिल्ला प्रशासन कार्यालयले भने अवरुद्ध सडक खुलाउन सडक डिभिजन साँफेबगर अछामलाई पत्र पठाएसँगै काम सुरु भइरहेको जनाएको छ। तर, वर्षा नरोकिएकाले स्काभेटरलाई पनि सडकको पहिरो पन्छाउन निकै समस्या भएको बताइएको छ।

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update