बझाङ- बझाङमा धामीझाँक्रीको भरपर्दा एक जना सुत्केरी महिला र नवजात शिशुको ज्यान गएको छ । उपचारका लागि ढिलो अस्पताल पुर्याउँदा थलारा गाउँपालिका–१ मोतीपुरकी २० वर्षीया सिर्जना सुनार र उनको नवजात शिशुको मृत्यु भएको हो।
देउरा प्राथमिक स्वास्थ्य केन्द्रले उनको अवस्था नाजुक भइसकेकाले उपचार हुन नसक्ने भन्दै डडेलधुरा रेफर गरेको बताएको थियो। शनिबार दिउँसो डडेलधुरा अस्पतालमा पुर्याइएकी सिर्जनाको त्यसको ३ घण्टा नपुग्दै मृत्यु भएको थियो।
उच्च रक्तचापका कारण हुने इक्लामसिया रोग भएको, फोक्सोमा र्याल जमेको र रगतमा अत्यधिक संक्रमण भएको अवस्थामा अस्पताल पुर्याइएकी उनलाई धेरै कोसिस गर्दा पनि बचाउन नसकिएको उनको उपचारमा संलग्न डडेलधुरा अस्पतालका चिकित्सकले बताएका छन्।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९ १५:२३
प्रतिक्रिया दिनुहोस्