बझाङमा ११ जना जुवाडे पक्राउ
                        
                        
                                                
                                            
                                                                    बझाङ- बझाङमा ११ जना जुवाडे पक्राउ परेका छन्। प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जना जुवाडे पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा जयपृथ्वी–९ देवलका दीपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ का नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का वीरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र घरधनी विष्णु मण्डेल रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
उनीहरुमध्ये अधिकांश सरकारी सेवाबाट अवकास पाएका कर्मचारी र केही व्यापारी एवं स्थानीय किसानहरु रहेको बताइएको छ। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १०:३८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
