Sagun Khabar
कञ्चनपुरमा ५ वर्षीया बालिका बलात्कार  गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

कञ्चनपुर-  कञ्चनपुरमा ५ वर्षीया बालिका बलात्कृत भएकी छिन्। जिल्लाको लालझाडी गाउँपालिका–२ कञ्जकी ५ वर्षीया बालिकामाथि बलात्कार भएको प्रहरीले बताएको हो।

ती बालिकामाथि बात्कार गरेको आरोपमा लालझाडी–२ कै कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। पीडित परिवारले सोमबार दिउँसो करिब १२ बजेतिर बलात्कार भएको भनी मौखिक जानकारी गराएको प्रहरीले बताएको छ ।

त्यसलगत्तै रानालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। रानालाई अहिले इप्रका बेलौरीको थुनामा राखिएको उनले बताए। पक्राउ परेका राना ती बालिकाका हजुरबुवा नाता पर्ने बताइएको छ। उनी त्यहाँका ’भगत’ पनि हुन् ।

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update