Sagun Khabar
बाजुरामा स्वास्थ्यकर्मी नहुँदा ५ स्वास्थ्य संस्थाको सेवा बन्द

बाजुरा- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले करार सेवाका कर्मचारीहरूको करार सेवा थप नगर्दा ५ वटा स्वास्थ्य संस्थाहरू बन्द भएका छन्। साउन १ गतेदेखि करार सेवाका कर्मचारीहरूको करार अवधी थप गरिएको छैन।

करार कर्मचारीको म्याद थप नगर्दा सेवा प्रभावित भएको  स्वामीकार्तिक खापर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पारस शाहीले बताए।उनका अनुसार फयालगाउँ आधारभूत स्वास्थ्य इकाई केन्द्र, खोलीकोट आधारभूत सामुदायिक स्वास्थ्य इकाई केन्द्र, भुर्ने सामुदायिक स्वास्थ्य इकाई केन्द्रमा सबै कर्मचारी करार रहेकोले सेवा बन्द भएको छ।

Atrya hospital

त्यस्तै वडा नम्बर ५ को आधारभूत स्वास्थ्य केन्द्र जेरा र वडा नम्बर ३ को मिगु सामुदायिक स्वास्थ्य इकाई केन्द्र समेत बन्द रहेका उनले बताए। सेवा बन्द भएपछि सेवाग्राही मर्कामा परेका छन्। 

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update