Sagun Khabar
अछाममा मध्यपहाडी सडक खण्ड अवरुद्ध
Atrya hospital

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबार राती पहिरो जाँदा सडक अवरुद्ध भएको छ।  नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो। 

पहिरोले मध्यपहाडी सडक अवरुद्ध हुँदा अछामबाट सुर्खेत, दैलेखलगायत आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन्। राति नै पहिरो आएकोले अहिलेसम्म पहिरोका कारण सवारीसाधन रोकिएको स्थानीय सुरेश रावतले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update