डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–१ का २२ वर्षीया धना बोहराको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बिहीबार रुखमा छोएको नाङ्गो बिजुलीको तारबाट उनलाई करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर चन्दले बताए । रुखमा चढेका बेला धनालाई करेन्ट लागेको हो ।
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७ १५:३७
प्रतिक्रिया दिनुहोस्