कञ्चनपुर- कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एकदम्पती नै निर्वाचित भएका छन्। दोधाराचाँदनी नगरपालिका– ७ को सदस्यमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय निर्वाचित भएका हुन्। सन्दीप एमालेबाट र कमला कांग्रेसबाट चुनाव लडेका थिए।
एमालेबाट चुनावमा होमिएका सन्दीपले सात सय ५५ र कमलाले सात सय ९२ मत ल्याएर वडासदस्यमा निर्वाचित भएसँगै उपाध्याय परिवारमा खुसी छाएको छ। सन्दीपले दुई विवाह गरेका छन्। कमला उनकी जेठी श्रीमती हुन्।
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९ ११:२६
प्रतिक्रिया दिनुहोस्