Sagun Khabar
माओवादीको गढ अछामको रामारोशनमा कांग्रेस विजयी

अछाम- अछामको रामारोशन गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका मानबहादुर साउद ३१ सय २७ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पहल साउदले २८ सय ९७ मत प्राप्त गरेका छन्। 

यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जनादेवी बुढा निर्वाचित भएकी छन्। बुढा तीन हजार २८ मत ल्याइ निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी वसन्ती धामी साउदले २७ सय २८ मत प्राप्त गरेकी छन्।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update