Sagun Khabar
अछाममा बिहेभोजमा झडप हुँदा ४ जना घाइते 

अछाम- अछाममा बिहेभोजमा झडप भएको छ। जिल्लाको ढकारी गाउँपालिकामा बिहेभोजमा दुई समूहबीच झडप हुँदा चार जना घाइते भएका हुन्। विवादपछि भएको झडपमा चक्कु प्रहारबाट चार जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा ढकारी गाउँपालिका–१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढा रहेका छन्। स्थानीय तपेन्द्र बुढालगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ।

स्थानीयको बिहेभोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानाहान भएको थियो। यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। उनीहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update