डडेल्धुरामा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा जंगल नजिकै माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर सोही वडाको ऐरी गाउँकी ४० वर्षीया नारुदेवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बुधबार दिउँसो भएको घटनामा अन्य दुई जना घाइते भएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए ।
घाइते हुनेमा ऐरी गाउँकै ३० वर्षीया शारदा ऐरी र २० वर्षीया कमला विक रहेका छन् । घाइते दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७ १६:५२
प्रतिक्रिया दिनुहोस्