Sagun Khabar
जिल्ला अस्पताल दार्चुलाद्वारा आकस्मिक बाहेकका सबै सेवा बन्द 
Atrya hospital

दार्चुला –जिल्ला अस्पताल दार्चुलामा आकस्मिक बाहेकका सबै सेवा आइतबारबाट अर्को सूचना नभए सम्मका लागी बन्द गरिएका छन् । अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्दै गएकाले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए  ।

अस्पतालमा ज्वरो आएका बिरामीहरुको परीक्षणका लागि अस्पतालको ईमरजेन्सी वार्ड बाहिर ज्वरो क्लिनिक संचालन गरिएको उनले बताए ।

यो अवधिमा कुनै किसिमको स्वास्थ्य सम्बन्धि सल्लाह लिनु परेमा अस्पतालको फोन नम्बर ०९३–४२०३०८ मा सम्पर्क गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update