Sagun Khabar
डडेल्धुरामा पहिरोमा पुरिएर मृत्यु भएका अवस्थीका परिवारलाई राहत 
Atrya hospital

डडेल्धुरा –अविरल वर्षापछि पहरिोले पुरिएर मृत्यु भएका डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भेटाका बिष्णु अवस्थीको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर मृतक अवस्थीकी श्रीमतिलाई दुई लाख रुपैंया चेक हस्तान्तरण गरेका हुन् । 

यस्तै गन्यापधुरा गाउँपालिकाले पनि अवस्थीको परिवारलाइ किरिया खर्च २५ हजार उपलब्ध गराइएको छ । मंगलबार गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले घरमै पुगेर रकम हस्तान्तरण गरेका हुन् । 

यस्तै अवस्थी परिवारलाई खाद्यान्न समेत उपलब्ध गराइएको छ । गन्यापधुरा गाउँपालिका–१ भातकाँडा बजारमा व्यवसाय गर्दै आएका अवस्थीको गएको सोमबार राती पसल पछाडी खसेको पहिरोले पुरिएर मृत्यु भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update