Sagun Khabar
दार्चुलाको किम्तडीमा भीर काटेर सडक खुलाइयो 
Atrya hospital

दार्चुला –दार्चुला सदरमुकाम खलंगा नजिकै महाकाली किनारस्थित किम्तडी भिरमा अवरुद्ध सडक खुलाइएको छ । सडक भासिएपछि अवरुद्ध राजमार्ग भीर काटेर खुलाइएको हो । 

कार्तिक पहिलो हप्ता परेको अविरल वर्षाका कारण महाकाली लोकमार्ग अन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्डको महाकाली नगरपालिका–५ किम्तडीमा सडक भाँसिएर यातायातका साधनहरु सञ्चालनमा आएका थिएनन् । 

सोमबार बेलुकी आंशिक रुपमा यातायातका साधनहरुले पास पाएको र मंगलबारदेखि पूर्ण रुपमा सडक सञ्चालनमा आएको यातायात व्यवसायीहरुले बताएका छन् । भिर काटेर सडक खुलाइएसँगै यातायातका साधनहरु सञ्चालन हुन थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update