डडेल्धुरा –गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको रडुवामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो ।
सडक मर्मतपछि राजमार्ग सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । राजमार्ग अस्थायी रुपमा खुलेको हो । साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छोडिएको उनले बताए ।
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८ १६:१३
प्रतिक्रिया दिनुहोस्