Sagun Khabar
दार्चुलामा एकै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको सचिवमा चयन
Atrya hospital

दार्चुला –दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका व्यक्ति एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा  सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकरसिंह डोबाल महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए । उनै डोबाल शनिबार सम्पन्न भएको नेकपा एमालेको वडा अधिवेशनमा सचिव पदमा चयन भएका छन् । 

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीरसिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ । पहिले पार्टी प्रवेश गराएर सचिवमा उम्मेद्वारी दिन लगाएको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले बताए । 

नेकपा एमाले दार्चुलाले शनिबार ६१ वटा वडाहरू मध्ये धेरैजसो वडामा अधिवेशन सम्पन्न गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update