Sagun Khabar
दार्चुलाका १७२ घरधुरी बाढी पिडितलाई राहत वितरण

बैतडी–दार्चुला जिल्लाका बाढीपहिरो पिडित १ सय ७२ घरधुरी लाई राहत सामग्री वितरण गरिएको छ । टेवा नेपाल काठमाण्डौको आर्थिक सहयोगमा दलित महिला संघ दार्चुलाले ब्यास गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहु गाँउपालिका र महाकाली नगरपालिकाका बाढी पिडितलाई राहत सामग्री बितरण गरेको हो । 


राहत सामग्रीमा चामल, दाल, तेल, च्युरा र साबुन वितरण गरिएको सामाजिक अभियन्ता आनसिंह लोहारले बताए ।

Atrya hospital

 
राहत सामग्री वितरण गरी बाढी पिडीतको घाउमा मलम लगाउने प्रयास गरेको युवानेता दान सिंह विश्वकर्माले बताए । उक्त राहत सामग्री नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य लक्ष्मी विकको पहलमा संकलन गरिएको विश्वकर्माले बताए ।


गत साउन र भदौ महिनामा दार्चुलाको बिभिन्न ठाउँमा बाढी पहिरोमा परेर ७ जनाको मृत्यु भएको थियो भने, दर्जनौ घर परिवार बिस्थापीत भएका थिए । 


सामाजिक क्षेत्रमा काम गर्दै आएको सस्ंथा दलित महिला संघले समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सराहनिय काम भएको उच्च अदालत महेन्द्रनगरमा कार्यरत शाखा अधिकृत दिवानीराम लोहारले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update