Sagun Khabar
दार्चुलाको व्याँसमा स्काई टावर सञ्चालनमा आउने, हेलिकप्टर मार्फत सोलार ढुवानी 

दार्चुला –दार्चुलाको व्यासमा सञ्चार सेवा सहज बनाउन प्रयास शुरु गरिएको छ । व्याँस गाउँपालिकाको वडा नं १ छाङरुमा रहेको नेपाल टेलिकमको स्काई टावर सञ्चालनमा ल्याउन प्रयास भईरहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । 

टावर सञ्चालनका लागि विद्युत अभाव रहेको र सोलार प्यानल ढुवानी गर्न उपयुक्त बाटोको व्यवस्था नरहेको अवस्थामा व्यासमा चामल ढुवानी गर्न प्रयोग भएको हेलिकोप्टरमार्फत नेपाल टेलिकम दार्चुलासंग रहेका १६ थान सोलार प्यानल समेत ढुवानी गरिएको व्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले जानकारी दिए । केहि दिनमै छाङरु तिङकरमा स्काई फोन सेवा सुचारु हुने उनले बताए । 

Atrya hospital

व्यास क्षेत्रमा रहेको स्काई टावरमा हिमपातका कारण एक वर्ष पहिले क्षती पुगेको थियो । झण्डै एक वर्षदेखि कालापानी नजिकको गाउँ छाङरु र तिकंरका स्थानीयबासीन्दा सञ्चार सम्पर्क विहिन रहेका छन् ।

केहि महिनापहिले टावर मर्मत गरिएको भएपनि विद्युत अभावमा राम्रोसंग काम नगरेकोले सोलार जडानपछि सञ्चार सेवा सुचारु हुने नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update