Sagun Khabar
कालापानी, लिपुलेक र लिम्पियाधुरा पुगेर जनगणना गरिने 
Atrya hospital

दार्चुला –भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा पुगेर जनगणना गर्ने तयारी तथ्याङ्क विभागले गरेको छ । सरकारले सुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बढेको केन्द्रीय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछानेले जानकारी दिए ।

व्याँस गाउँपालिका–१ वडाका गुन्जी, कुटी र नाभि गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न विभाग घरदैलोमै पुग्ने उनले बताए । यस अघिको तथ्याङ्कमा सातसय जना रहेको उक्त क्षेत्रमा हाल एक हजार जना पुगेको अनुमान विभागको  छ।

कालापानी र लिपुलेकलाई विवादास्पद भनेर हल्ला गरेपनि विभागले त्यसरी नलिएको र कुनै समस्या आए कूटनैतिक पहलबाट अथवा बैकल्पिक विधि अपनाएर पनि गणना गर्ने प्रमुख लामिछाने जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update