Sagun Khabar
बैतडीमा किसान सूचीकरण कार्यक्रमलाई तिब्रता

बैतडी - कृषि ज्ञान केन्द्र बैतडीले जिल्लाका किसानलाई किसान सूचीकरण कार्यक्रममा आबद्ध गराउन किसान सूचीकरण कार्यक्रमलाई तिब्रता दिएको छ । केन्द्रले सम्बन्धित स्थानीय तहका कृषि शाखामा सम्पर्क गरी सूचीकरण प्रक्रियामा सहभागी हुन किसानलाई अनुरोध गरेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

कृषि क्षेत्रको विकास, किसानको पहिचान तथा कृषि सम्बन्धी सरकारी सेवा र सुविधा लक्षित वर्गसम्म पुर्‍याउने उद्देश्यले बैतडीमा किसान सूचीकरण कार्यक्रम सञ्चालन गरिएको छ  ।यस कार्यक्रममा आबद्ध हुँदा किसानको विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्न तथा कृषि क्षेत्रसँग सम्बन्धित योजना र कार्यक्रम सञ्चालन गर्न सहज हुने कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी जय बहादुर बि कले बताए ।

यस कार्यक्रमले कृषि अनुदान, प्राविधिक सेवा तथा अन्य कृषि कार्यक्रमलाई आवश्यकताका आधारमा व्यवस्थित गर्नसमेत आधार तयार गर्ने  कृषि अधिकृत दान सिंह बिष्टले बताए । किसानको पहिचान स्थापित गर्ने, कृषि पेसामा संलग्न व्यक्तिको विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने तथा किसान लक्षित योजना र कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले किसान सूचीकरण कार्यक्रम सञ्चालन हुँदै आएको कृषि अधिकृत दिपक कार्कीले बताए ।

किसान सूचीकरण कार्यक्रमले वास्तविक किसानको पहिचान गर्न, कृषि क्षेत्रमा संलग्न जनशक्तिको विवरण संकलन गर्न तथा किसान लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update