Sagun Khabar
बडा दशैँको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा आराधना गरिँदै  

बैतडी-बडा दशैँको पाँचौ दिन आज स्कन्दमाता भगवतीको पूजा गरेर मनाईंदै छ ।

दुर्गा भवानीको ९ रुपमध्ये पाँचौ रुप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गर्ने परम्परा छ ।

त्यस्तै, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।

आज देशभरका विभिन्न शक्तिपीठहरुमा पूजाका लागि भक्तजनहरुको घुईंचो लाग्ने गरेको छ ।
 
नवरात्रका अवसरमा बैतडीका प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङासैनी लगायतका भगवती मन्दिरहरुमा जात्रासहित बिशेष पूजाआजा हुने गरेको छ । 

यस्तै सिगास, केदार, शिवनाथ, जगन्नाथ, महारुद्र, अनिरुद्र, उदयदेव, वासुलिङ्ग, भूमिराज , दोगडाकेदार लगायतका मन्दिरहरुमा पनि पूजाआजा गर्ने गरिएको छ । 

नवरात्रको समयमा शिव र शक्ति दुवैको पूजाआजा गर्ने चलन रही आएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update