Sagun Khabar
बैतडीका राजेन्द्र सुदूर कर्णाली सिङगिङ स्टारको फाइनलमा प्रवेश 

बैतडी –बैतडीको मेलौलीका राजेन्द्रकान्त दयाल सुदूर–कर्णाली सिङगिङ स्टारको फाइनलमा पुगेका छन् । शनिश्चर म्युजिक कम्पनी प्रालिले आयोजना गरेको सुदूर कर्णाली सिङगिङ एण्ड डान्सिङ स्टार २०२६ को फाइनलमा पुग्न उनी सफल भएका हुन् । 

पेशाले स्वास्थ्यकर्मी रहेका दयाल कला क्षेत्रमा पनि उत्तिकै पोख्त रहेका छन् । आयुर्वेद औषधालय मुस्याचोरमा कार्यरत दयाल गायन क्षेत्रमा पनि लामो समयदेखि सक्रिय रहेका छन् ।

सिङगिङ स्टारको फाइनलमा पुगेपछि उनले सबैलाई भोट दिन समेत आग्रह गरेका छन् । फाइनलमा आफ्नो प्रस्तुतीसँगै भोट पनि महत्वपूर्ण हुने भएकाले उनले सबै संस्कृतिप्रेमीहरुलाई भोट दिन आग्रह गरेका हुन् । 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update