रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय
सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक दिवसको निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बाढीको १३औँ दिन यही २२ गते सोमवार सरकारले शोक दिवस मनाउन लागेको हो । त्यस दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशमा रहेका नेपाली दूतावास एवम् नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय पनि भएको छ ।
यस्तै अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन र शहीदको सम्मानमा २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३ १७:१०
प्रतिक्रिया दिनुहोस्




