Sagun Khabar
बाढी पीडितका लागि बैतडी कांग्रेसले १ लाख १ हजार सहयोग गर्ने 

बैतडी–भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएका नागरिकहरुको सहयोगका लागि नेपाली कांग्रेस बैतडीले १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । 

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको राहत कोषमा उक्त रकम जमा गर्ने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । 

यस्तै बाढीमा परेर बेपत्ता भएकाहरुको खोजी, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन कांग्रेस बैतडीले सरकारसँग आग्रह गरेको छ । 

यस्तै बैठकले नेपाली कांग्रेस बैतडीको आठौं जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले ८४ ओटै वडा, १० ओटै पालिका र दुइओटै क्षेत्रीय कार्यसमितिलाई अधिवेशनको पूर्व तयारी अगाडि बढाउन आग्रह गर्ने निर्णय गरेको छ । 

अधिवेशनसम्बन्धी आवश्यक सम्पूर्ण निर्णयहरु गर्नका लागि यही भदौ २१ गते जिल्ला कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।  

Nc-Baitadi-1788406210.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update