Sagun Khabar
खर काट्ने क्रममा दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु 
Atrya hospital

दार्चुला –दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा दार्चुलाको नौगाड गाउँपालिका वडा नं २ सुण्डमुण्डकी अन्दाजी ४४ बर्षीया नरमादेवी ठगुन्नाको मंगलबार बिहान भीरबाट लडेर मृत्यु भएको स्थानीय चन्द्रावती ठगुन्नाले बताइन् । 

घर नजिकैको भैंसीमेला खरफागलामा खर काट्न गएकी नरमाको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बताइएको छ । नरमाको ५ छोरी र एक छोरा रहेका छन् । उनका श्रीमानको पनि तीन बर्ष अगाडि मृत्यु भईसकेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update