Sagun Khabar
दार्चुलाका ४ तहमा निर्वाचन र ५ तहमा सहमतिबाट कांग्रेसको नयाँ नेतृत्व चयन 

दार्चुला –नेपाली कांग्रेसले १४ औँ महाधिवेशन अन्र्तगत दार्चुलाका ९ वटै पालिकाहरुमा नयाँ नेतृत्व चयन भएको छ । महाकाली नगरपालिका , लेकम गाउँपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकामा निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गरिएको छ भने मार्मा गाउँपालिका, नौगाड गाउँपालिका , शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिकामा र अपिहिमाल गाउँपालिकामा सहमतिबाटै नेतृत्वको टुङ्गो लगाइएको छ । 

महाकाली नगरपालिका नगरपालिकामा चन्द्रसिंह बिष्ट सभापति निर्वाचित भएका छन् भने  भने दुहुँ गाउँपालिकामा नरेन्द्र कुँवर निर्वाचित भएका छन् । 

Atrya hospital

यसैगरी लेकम गाउँपालिकामा कमलापति मिश्र र व्याँस गाउँपालिकामा नरेन्द्र भट्ट सभापतिमा निर्वाचित भएका छन् । 
कांग्रेस शैल्यशिखर, मार्मा, अपिहिमाल, नौगाड र मालिकार्जुनमा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको छ । 

शैल्यशिखरको सभापतिमा मोहनसिंह साउँद, अपिहिमाल गाउँपालिकाको सभापति सोभानसिंह लोथ्याल, मार्मा गाउँपालिकाको सभापतिमा धनञ्जय जोशी, नौगाड गाउँपालिकाको सभापतिमा प्रेमसिहं धामी र मालिकार्जुन गाउँपालिकाको सभापतिमा किसनसिंह सामन्त सर्वसम्मत चयन भएका छन् ।  
 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update