Sagun Khabar
दार्चुलाको शैल्यशिखरमा कांग्रेस सभापतिमा साउँद चयन 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसको नगर सभापतिमा मोहनसिंह साउद चयन हुनुभएको छ । शनिबार उद्घाटन भएको अधिवेशन अन्तरगत दुई दिन लामो प्रयासपछि साउँदलाई सभापतिमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि कृष्णसिह रावलले जानकारी दिए । 

शैल्यशिखरको नगर समिति सभापतिका लागि जगदिशबहादुर बिष्ट, मोहनसिह साउद, रामदत्त जोशी, लक्ष्मणसिह डागाले उम्मेदवारी दर्ता गरेका थिए । यस्तै उपसभापतीमा मानसिह खडायत, गोबिन्द प्रसाद जोशी, अशोकसिह धामी, महेशसिह बिष्टको उम्मेदवारी छ । सचिवमा सुरेशसिह बिष्ट, जनकराज जोशी, तिलकबहादुर पाल, सहसचिव देबदत्त जोशी, डम्बरसिह ठगुन्ना, नविन पार्कीको उम्मेदवारी परेको छ । 

Atrya hospital

सभापतिमा मोहनसिंह साउदलाई चयन गर्ने सहमती जुटेको र बाँकी पदाधिकारीहरुको विषयमा छलफल तथा सहमतीको प्रयास भइरहेको बताइएको छ ।

दुहुँ गाउँपालिका, व्यास गाउँपालिका र महाकाली नगरपालिकामा भने निर्वाचन भएको छ । दार्चुलाको नौ वटै स्थानीय तहमा शनिबार नै अधिवेसन उद्घाटन भएको थियो ।

नेपाली कांग्रेस दार्चुलाका अनुसार नौगाड गाउँकार्यसमिति सभापतिमा प्रेमसिह धामी, मालिकार्जुन गाउँपालिका सभापतिमा  किसन सामन्त, अपिहिमाल गाउँपालिका सभापतिमा सोभानसिंह लोथ्याल र मार्मा गाउँपालिका सभापतिमा धनन्जय जोशी सर्वसम्मत चयन भएका छन् ।

लेकम गाउँपालिकामा निर्वाचनमार्फत मोहनदेब जोशीलाई पराजित गर्दै वडा नम्बर ६ का वडाअध्यक्ष समेत रहेका कमलापती मिश्र सभापतीमा चयन भएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update