Sagun Khabar
दार्चुलाको अपिहिमाल गाउँपालिकामा तालाबन्दी 
Atrya hospital

दार्चुला –दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को कार्यालय र गाउँपालिका कार्यालयमा स्थानीयहरुले लगाएको ताला अझै खुलेको छैन् । वडा नं ३ को कार्यालय बिसौनाचोरबाट पाथा सिमारमा सार्न लागेको भन्दै स्थानीयहरुले तालाबन्दी गरेका हुन् । 

तर जनप्रतिनिधिहरुले भने वडा कार्यालय वा केन्द्र सार्ने विषयमा कुनै निर्णय नभएको बताएका छन् । स्थानीयहरुले कुराकानी नबुझेरै तालाबन्दी गरेको गाउँपालिका अध्यक्ष धर्मानन्दसिंह मन्यालले बताए । 

यसैबीच गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष मन्याल र वडा नम्बर ३ का अध्यक्ष समुन्द्रसिह कार्कीमाथि हातपातको प्रयास भएको जनाएको छ । तर स्थानीयहरुले भने वडा कार्यालय सार्न चलखेल गरेको भन्दै तालाबन्दी गरेको बताएका छन् । 

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update