दार्चुलामा एक युवक चरेशसहित पक्राउ
दार्चुला –दार्चुलामा एक युवक चरेशसहित पक्राउ परेका छन् ।
जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटबाट नौगाड गाउँपालिका–४ घर भई हाल महाकाली नगरपालिका–४ मोहती बस्दै आएका २० बर्षीय सुरज ठगुन्नालाई ८ ग्राम चरेशसहित पक्राउ गरिएको हो ।
ठगुन्नालाई आइतबार दिउँसो अस्थायी प्रहरी पोष्ट पुलघाट, दार्चुलाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका ठगुन्नामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २२, २०८३ १०:५७
प्रतिक्रिया दिनुहोस्





