दार्चुला –दार्चुलाको गोकुलेश्वर सडक खण्डमा सवारीको आवातजावत सुरु भएको छ । सडक भाँसिदा एक महिनादेखि अवरुद्ध उक्त सडक आइतबारदेखि सञ्चालनमा आएको हो ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ बेतमा सडक भाँसिदा लामो दुरीका सवारी सञ्चालनमा समस्या भएको थियो ।
मर्मतको काम सकिएपछि पुनः सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रमुख प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८ ११:४३
प्रतिक्रिया दिनुहोस्