Sagun Khabar
दार्चुलामा करेन्ट लागेर एक महिलाको मृत्यु 
Atrya hospital

दार्चुला –दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ३ झुस्कुमा करेन्ट लागेर शनिबार एक महिलाको मृत्यु भएको छ । सोही ठाउँका अन्दाजी ५० वर्षीया द्रोपती बडुको करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिकैको गडानी भन्ने स्थानमा घास काट्न गएका बेला भुईमा खसेको विद्युतिय तारबाट करेन्ट प्रवाह भएर बडुको घटनास्थलमै ज्यान गएको आफन्तले जानकारी दिएका छन् ।

विद्युत प्राधिकरणको चरम लापरवाहीको कारण महिलाले अकालमै ज्यान गुमाउनुपरेको भन्दै स्थानीय आक्रोशित भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १५:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update