Sagun Khabar
बैतडी जिल्ला क्रिकेट संघको अध्यक्षमा जोशी चयन 

बैतडी–बैतडी जिल्ला क्रिकेट संघको अध्यक्षमा लोकराज जोशी चयन भएका छन् । संघको आज सम्पन्न भएको दशौं बार्षिक साधारण सभाले जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  

उक्त समितिको उपाध्यक्षमा सिद्धराज बोकटी, सचिवमा श्यामबहादुर चन्द र कोषाध्यक्षमा गणेशबहादुर चन्द चयन भएका छन् । यस्तै सदस्यहरुमा द्रोपती कुँवर बोहरा, बिरसिंह बोहरा,तर्कराज जोशी, महेशराज भट्ट, सुरत पार्की, धर्मेन्द्र चन्द, विरेन्द्र भण्डारी, विनोद चन्द, दिपेन्द्रसिंह भण्डारी, उत्तमबहादुर चन्द र विरेन्द्रबहादुर चन्द चयन भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update