Sagun Khabar
दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

 सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको थियो ।

चैत १५ गते पक्राउ परेका उनलाई थुनामुक्त गर्न श्रीमती विनिता थापाले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै थुनामुक्त गर्न आदेश जारी गरेको हो । साथै, उनलाई विदेश जानुअघि अनुमति लिनपर्ने पनि आदेशमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update