Sagun Khabar
बझाङको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाले दिएको जानकारीअनुसार वित्थडचिर गाउँपालिका–१ माथिल्लो वित्थडस्थित माल्थिलो क्षेत्रमा घर निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूको ज्यान गएको हो ।

आज बिहान करिब ११ बजेदेखि हराइरहेका ती बालबालिकाको खोजी गर्ने क्रममा दिउँसो करिब २ बजे सोही खाल्डोमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक विष्टका अनुसार डुबेर ज्यान गुमाउनेमा बित्थडचिर–१ का गगन बोहराका अन्दाजी ५ वर्षीय छोरा दिनेश बोहरा र सोही स्थानकै सन्तोष बोहराकी अन्दाजी ६ वर्षीया छोरी पिन्सा बोहरा रहेका छन् । 

स्थानीय र प्रहरीले उनीहरूको खोजी गरेको थियो । घर निर्माण गर्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर दुबैको ज्यान गएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ३, २०८३  १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update