Sagun Khabar
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी निर्वाचित, राप्रपाकी लामाकाे पक्षमा जम्मा ५ मत

प्रतिनिधिसभाकाे उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएकाे छ ।

आजकाे बैठकमा भएकाे मतदानबाट २५ वर्षीया ठाकुर उपसभामुखमा निर्वाचित हुनुभएकाे हाे । याेसँगै नेपालकाे संसद्ले इतिहासकै कान्छी उपसभामुख पाएकाे छ ।

बैठकमा २५७ जना सांसद उपस्थित भएकाेमा ठाकुरकाे पक्षमा २२९ मत खसेकाे सभामुख डीपी अर्यालले जानकारी दिनुभयाे । यस्तै उहाँकाे विपक्षमा ५ र तटस्थ २२ मत खसेकाे छ । ठाकुरकाे पक्षमा रास्वपा, कांग्रेस, नेकपाका सांसदले पनि मत दिएका छन् ।

यस्तै उपसभामुखकी अर्का उम्मेदवार राप्रपाकी सरस्वती लामाकाे पक्षमा भने जम्मा ५ मत खसेकाे छ । लामालाई राप्रपाका सांसदले मात्रै मत दिएका हुन् । यस्तै उहाँकाे विपक्षमा २१५ र तटस्थ ३७ मत खसेकाे छ ।

प्रतिनिधिसभाकाे सभामुख निर्विराेध निर्वाचित भए पनि उपसभामुखमा मतदान भएकाे हाे ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update