Sagun Khabar
धनगढीबाट अछामका लागि छुटेको इभी डोटीमा दुर्घटना,चार जना घाइते 

अछाम –डोटीको दिपायल सिलगढी नगरपालिका–५ चिसापानीमा शनिबार बिहान विद्युतीय गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । 

धनगढीबाट अछामको चौखुट्टेका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२– ००१ ज ०२३९ नम्बरको ईभी बिहान करीब साढे ४ बजे दुर्घटनामा परेको हो । गाडीमा सवार १५ जनामध्ये ४ जनालाई चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरूको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ नुवाघरकी ५१ बर्षीया अमृता साउँद, सोही स्थानका २६ बर्षीय प्रकाश साउँद, अछामको चौरपाटी गाउँपालिका–६ दुनीकी २५ बर्षीया कला साउँद र चौरपाटी–१ बयालीकी १९ बर्षीया कमला थापा रहेका छन् । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update