Sagun Khabar
दार्चुलाको शैल्यशिखर-४ काँडापारीमा जिप दुर्घटना

बैतडी – दार्चुलामा सडक दुर्घटना भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काँडापारीमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीका अनुसार ६ जना सवार सिँचाई कार्यालय दार्चुलामा कार्यरत कर्मचारी चढेको जिप दुर्घटनामा परेको हो। दुर्घटनाका कारण दुई जनाको घटनास्थलमै मृत्यु भएको तथा अन्य घाईते भएका छन्। बिहान करिब ९ बजे आसपासमा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update