डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
डोटी –डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिप चालक आदर्श –३ काँडीस्याउलेका २२ बर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राति १२ बजेको समयमा दुर्घटनामा परेको थियो । दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेलापरेका थिए ।
प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२ ०७:४५
प्रतिक्रिया दिनुहोस्




