दार्चुलामा चरेशसहित एक युवक पक्राउ
दार्चुला –दार्चुलामा चरेशसहित एक युवक पक्राउ परेका छन् ।
व्याँस गाउँपालिका –४, दुम्लिङ घर भएका २२ बर्षीय बिराज कामीलाई ८ ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । कामीलाई महाकाली नगरपालिका–१, लास्कु खोलाबाट चरेशसहित पक्राउ गरिएको हो ।
सामुदायिक प्रहरी सेवा केन्द्र बाङगाबगरबाट खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी उनलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ८, २०८२ १०:३२
प्रतिक्रिया दिनुहोस्




