खोटाङमा हेलिकप्टर दुर्घटना
काठमाण्डौ – खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर २ मा हेलिकप्टर दुर्घटना भएको छ ।
काठमाण्डौबाट गएको एअर डाइनेस्टीको हेलिकोप्टर बिहान ११ बजेर ५५ मिनेटमा अवतरणका क्रममा दुर्घटनामा परेको खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा परि पाइलटसहित ६ जना घाइते भएका छन् । घाइतेहरूलाई काठमाण्डौबाट गएको अर्काे हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौ पुर्याएको प्राधिकरणले जनाएको छ ।
पाइलट सविन थापा र पाँच जना यात्रु रहेको हेलिकप्टर अवतरणका क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किएको खोटाङ प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२ १७:३०
प्रतिक्रिया दिनुहोस्




