काठमाण्डौं –नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार उनी रुकुम पूर्व बाट १० हजार २४० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उक्त निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार लिलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कुशुमदेवी थापा ले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यससँगै प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले जितको खाता खोलेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ १८:५०
प्रतिक्रिया दिनुहोस्






