Sagun Khabar
रास्वपाले खोल्यो खाता, काठमाडौं– १ मा रञ्जु दर्शना र ८ मा विराजभक्त श्रेष्ठ विजयी

काठमाण्डौं –२१ फागुनको निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खाता खोलेको छ । काठमाडौं– १ बाट रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) विजयी भएकी छन् । उनी १४ हजार ४९१ मतसहित विजयी भएकी हुन् ।

काठमाडौं– ८ बाट रास्वपाकै विराजभक्त श्रेष्ठ पनि विजयी भएका छन् । केही मत गणना बाँकी भए पनि मतान्तरले अवस्थाले यी दुवै उम्मेदवार विजयी हुने पक्का भएको हो ।

रञ्जु पहिलोपटक प्रतिनिधिसभामा विजयी भएका हुन् । यसअघि जितेका विराजभक्त सोही क्षेत्रबाट यसपटक पनि जित्ने पक्का भएका हो ।

विराजभक्त २०७९ मा १० हजार ११२ मत ल्याएर विजयी भएका थिए । सुमन सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।

काठमाडौं १ मा २०७९ मा कांग्रेसका प्रकाशमान सिंह १२५ मतान्तरले विजयी भएका थिए । उनले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update