धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज
काठमाण्डौ – धनुषाको निर्वाचन क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ ।
बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेका कारण उनको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । साहविरुद्ध कालोसूचीमा परेको प्रमाणसहित आएको उजुरीका आधारमा उम्मेदवारी खारेज गरेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ १६:२७
प्रतिक्रिया दिनुहोस्




