Sagun Khabar
बैतडीको खोड्पेस्थित शिव मन्दिरमा २२ फीट अग्लो भगवान शिवको मूर्ती निर्माण 

बैतडी–बैतडीको पाटन नगरपालिका–८ स्थित शिव मन्दिरमा २२ फीट अग्लो भगवान शिवको मूर्ती निर्माण गरिएको छ । 

६ लाखको लागतमा मूर्ती निर्माण गरिएको र त्यसमा ३ लाख ४० हजार रुपैयाँ वडा कार्यालयको लगानी रहेको पाटन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । बाँकी रकम श्रद्धालुहरुबाट चन्दा संकलन गरिने मूर्ती निर्माण व्यवस्थापन समितिले जनाएको छ । 

खोड्पेस्थित शिवालयमा हरेक बर्ष महाशिवरात्रिको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । स्थानीयहरुको अगाध श्रद्धास्थल भएकाले उक्त ठाउँमा भगवान शिवको मूर्ती निर्माण गरिएको वडा अध्यक्ष बिष्टले बताए । 

उक्त मन्दिरमा लाग्ने महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउनका लागि मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । कसैले मदिरा विक्रि वा सेवन गरेको पाइएमा तीन हजार जरीवाना तोकिएको वडा अध्यक्ष बिष्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update