Sagun Khabar
फेरि बढ्यो सुनको भाउ 

काठमाण्डौ – दुई दिन लगातार घटेको सुनको भाउ आज बढेको छ । आज सुन तोलामा ३ हजार ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ९० हजार ३ सय रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको थियो । त्यस्तै अस्ति आइतवार सुन तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा एक सय ३५ रुपैयाँ बढेर तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ रहेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update